१४ बैशाख २०८१, शुक्रबार
Follow Us

भक्तपुर क्यान्सर अस्पतालमा बेलायतबासी नेपाली डाक्टरको शिलालेख

नेपालब्रिटेन संवाददाता
२९ जेष्ठ २०७५, मंगलवार ११:१०

काठमाडौं । नेपाल सरकार, रोटरी अन्तर्राष्ट्रिय र भक्तपुरका स्थानीय समुदायको संयुक्त सहभागितामा सञ्चालित भक्तपुर क्यान्सर अस्पताललाई बेलायतमा बसोबास गर्ने १७ जना डाक्टर र अन्य तीन जनाले सहयोग उपलब्ध गराएका छन् । उनीहरुले अस्पताललाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् ।

अस्पताल परिसरमा टाँसिएको शिलालेखमा सहयोगदाताको नामावली राखिएको छ । यूके फ्रेन्ड्स अफ भक्तपुर क्यान्सर अस्पताल नाम दिएको उक्त शिलालेखमा डा. मदन आचार्य, डा. नारायण अर्याल, डा. अच्युत धिताल, डा. राघव धिताल, डा. प्रशन्ना गौतम, डा. पे्रमविक्रम हमाल, डा. नारायणराम जोशी, डा. चुडाबहादुर कार्की, डा. भद्रध्वज कार्की, डा. विवेकबहादुर प्रधान, डा. पदमकुमार राई, डा. सत्यनमान राजभण्डारी, डा. धर्मबहादुर शाक्य, डा. भाष्कर शर्मा, डा. मदन शर्मा, डा. वसन्तकुमार शर्मा, डा. सुवर्णमान शर्माको नाम क्रमश छ । यसैगरी बेलायतमै बसोबास गर्ने श्रीमति गीता धिताल, अन्ना प्रधान र महन्तबहादुर श्रेष्ठले पनि उक्त अस्पताललाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।

दाताको सहयोगमा भौतिक निर्माण र सञ्चालन भइरहेको भक्तपुर अस्पताल सर्वसाधारण पहुँचमा पर्छ । क्यान्सर उपचार अत्याधिक महँगो मानिन्छ, तर विरामीलाई राज्यले उपलब्ध गराएको एक लाख रुपैयाँ बराबरको सुविधाले क्यान्सरको उपचार गर्न सर्वसाधारण भक्तपुर क्यान्सर अस्पताल पुग्ने गरेका छन् ।