७ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार तिवारीले छोराको जन्म दिनको खर्च पानी अभियानलाई

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार ०६:००

म्याड्रिड । हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस् नारा अगाडि सारेर शुरु भएको पानी अभियानले देश बिदेश बस्ने धेरै नेपाली समुदायलाई प्रभाव पार्दै गैरहेको छ । कोहि जन्म दिनको अवसर कोहि आफ्ना प्रियहरुको सम्झनामा कोहि स्वर्गीय बुवा आमाको सम्झनामा पानी अभियानलाई सहयोग गर्ने खबर पठाइरहेका छन् । स्पेनबाट पत्रकार प्रकाश तिवारी र सुलोचना दुवाडी ( तिवारी) ले आफ्नो छोरा प्रसुन तिवारी को जन्म दिनमा लाग्ने खर्चले कुनै पार्टी नगरेर तिर्खाएको गाउँको लागि पानी अभियानमा रु २५ हजार सहयोग गर्ने घोषणा गरेका छन् । कास्की जिल्लाका हाल स्पेनका युरोपबाट संचालित नेपाली नेपाली डट कमका मनोरञ्जन संयोजक एवम सम्पादक पत्रकार प्रकाश तिवारी आफ्नो छोराको जन्म दिनको अवसरमा लेख्छन् ।
” आज छोराको जन्मदिन ४ पुगेर ५ लाग्यो यस अवसरमा जन्मदिनको बिशेष कार्यक्रम (पार्टी) केहि गरिएन बरु उसको सु-स्वास्थ्य एवं दिर्घायुको कामना गर्दै बर्थ डे पार्टी गर्दा हुने खर्च पिउने पानीको अभावमा छटपटीएको गाउँका लागि केहि रकम पठाउने विचार गरियो। तत् स्वरुप करोड पानी अभियान लक्ष्मीपुर् ७-८ सुनपुर दाङ्का लागि र २५ हजार नेपाली रुपैया प्रदान गरिने घोषणा गर्न चाहन्छौं।”
एउटा गाउँ सफल पारिसकेपछि पुरै देशभरि पानी अभियानलाई मुभमेन्टमा लग्ने घोषणा पानी अभियानकर्ता मित्र लाल पार्देले गरिसकेका छन् ।