१२ बैशाख २०८१, बुधबार
Follow Us

कानुन मिच्दै गए संसद छाडेर जान्छौ: कांग्रेस

नेपालब्रिटेन संवाददाता
३१ जेष्ठ २०७५, बिहीबार ०९:३९

काठमाडौं । सरकारले संविधान, ऐन, कानुन, नियम मिच्न थालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद डा. मीनेन्द्र रिजालले ‘सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो ?’ भन्दै तर्साउने गरेको आरोप लगाए ।

सरकारलाई नियम, कानुन र संविधानअनुसार काम गर्न आग्रह गर्दै रिजालले सभामुख र उपसभामुख फरक दलबाट हुने संवैधानिक व्यवस्थालाई उनले दलीय स्वार्थअनुसार अपव्याख्या गरिएकामा आपति जनाए ।

संसदमा प्रतिपक्षीले आफ्नो ठाउँ नपाउने र संविधानको कार्यान्वयन हुन्छ भन्ने विश्वास भएन भने संसद छाडेर जनताको माझमा जानुको विकल्प नहुने चेतावनी उनले दिए । उनले सरकार प्रेस स्वतन्त्रताकाविरुद्धमा उत्रन थालेको भन्दै आपत्ति जनाए ।