१५ चैत्र २०८०, बिहीबार
Follow Us

ताराखोलामा जीप दुर्घटना : वडा सदस्यसहित दुईको मृत्यु

sarusaru
३१ जेष्ठ २०७५, बिहीबार १०:५६

बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाको अर्गलमा बिहीबार पिकअप दुर्घटना हुदाँ दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । घुस्मेलीदेखि अर्गल भातखाने डाडाँ जादै गरेको ग १ ज ६०३४ नम्बरको गाडी दिउँँसो दुर्घटना हुदाँ ताराखोला गाउँपालिका ३ का २४ वर्षीय हेमन्त घिमिरे र सोही स्थानका ५४ वर्षीय हरिराम गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ज्यान गुमाएका २४ वर्षीय घिमिरे वडा सदस्य हुन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ताराखोला गाउँपालिका – ३ का २७ वर्षीय जीप चालक डम्बरबहादुर घिमिरे र सोही स्थानका ४२ वर्षीय कर्ण भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक विश्वराजसिहं थापाले बताए ।

घाइते दुवैलाई उपचारका लागि गलकोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर लगिएको छ । दुवैको अवस्था गम्भीर रहेको छ । दुर्घटनाग्रस्त गाडी सडकबाट करिब चार सय मिटर तल खसेको थापाले बताए । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
अन्नपूर्ण पोष्ट