६ बैशाख २०८१, बिहीबार
Follow Us

लमजुङ दूधपोखरी ताल आयो बजारमा (भिडियो)

sarusaru
१ असार २०७५, शुक्रबार ०६:५८

काठमाण्डौ – कलाकार महेन्द्र न्यौपानेले लमजुङ दूधपोखरी ताल बोलको लोकगीत बजारमा ल्याएका छन् । महेन्द्र न्यौपाने र मञ्जु बि.क.को आवाजमा रहेको सो गीतको शब्द पनि महेन्द्रले नै लेखेका हुन् । प्रदेशी कलाकार सुर्य खड्काले लय सिर्जना गरेको उक्त गीतमा चर्चित मोडेल प्रकाश सपुत तथा करिष्मा ढकालको अभिनय रहेको छ । उक्त गीतलाई निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी हुन् भने सुरेश श्रेष्ठको छायांकन तथा प्रकाश धमलाको सम्पादनमा गोरक्ष म्युजिक प्रा.लि.ले उक्त गीतलाई शुक्रबार बजारमा ल्याएको हो ।