१२ बैशाख २०८१, बुधबार
Follow Us

सातवटै प्रदेश सरकारले बजेट ल्याए

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार ०४:५१

काठमाडौं । सात वटै प्रदेश सरकारले आउने आर्थिक बर्षको लागी बजेट ल्याएका छन । सरकारले तय गरेको नीति तथा कार्यक्रम अनुरुप भिन्दाभिन्दै सिलिङमा प्रदेश सरकारले बजेट ल्याएका हुन । प्रदेश सरकारले उर्जा, पर्यटन र सडकलाई प्राथकता दिएका छन् ।

प्रदेश १ ले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले हिजो प्रदेशसभामा बजेट पेश गर्नु भयो ।
यस्तै, प्रदेश २ ले आर्थिक वर्ष २०७५-७६ का लागि २९ अर्ब ७८ करोड ६९ लाख ३८ हजार रुपैयाको बजेट ल्याएको छ ।

प्रदेश नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ६१ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेश नम्बर ४ ले २४ अर्ब २ करोड ३३ लाखको बजेट सार्वजनिक गरेको छ । यस्तै, प्रदेश ५ को सरकारले लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

कर्णाली प्रदेशले २८ अर्ब २८ करोड, २८ लाख २८ हजारको वजेट विनियोजन गरेको छ । र, प्रदेश ७ सरकार २५ अर्ब ६ करोडको बजेट ल्याएको छ ।