६ बैशाख २०८१, बिहीबार
Follow Us

रोनाल्डो स्पेनलाई बाधक

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार ०४:५७

मस्को । क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले विश्वकपमा स्पेनविरुद्ध पोर्चुगलले ३–३ को बराबरी नतिजा निकालेको छ । प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १–१ अंक साझेदारी गर्नु भएको हो ।

विश्व फुटबलमा रोनाल्डोले आफ्नो साख कायमै राख्नु भएको छ । रोनाल्डोको यो ह्याट्रीक विश्वकप फुटबलको ५१औं ह्याट्रिक हो ।
यसैबीच, समुह ‘ए’को खेलमा ईरानले मोरोक्कोलाई १–० गोलले पराजित गरेको छ । खेलको ९५औं मिनेटमा मोरोककोका अजिज भौहाडोजले आत्मघाती गोल गर्दा ईरान बिजयी भएको हो ।

मोरोक्कोले खेलमा पूर्ण नियन्त्रण गरे पनि हारेको हो । ईरानका तीन खेलाडीले पहेंलो कार्ड पाएका थिए भने मोरोक्कोका १ खेलाडीले मात्र पहेंलो कार्ड पाउनु भएको हो । सन् १९९८ बाट ईरानले पहिलो पटक विश्वकपमा खेल जितेको हो ।

यस्तै, उरुग्वेले इजिप्टलाई १–० ले हराएको छ । उरुग्वेको लागि खेलको दोस्रो हाफको ८९औं मिनेटमा जोस गिमिनेज गोल गर्नु भयो । नेपाली समय ५ः४५ बजेबाट सुरु खेलको पहिलो हाफमा इजिप्ट र उरुग्वेको कडा प्रतिष्पर्धा भएपनि कुनै गोल भने हुन सकेन । केही गोल गर्ने संभावनाहरुमा भने इजिप्ट र उरुग्वे चुकेका थिए ।