१६ चैत्र २०८०, शुक्रबार
Follow Us

हकिङ्गसको अस्तु वेस्टमिनिस्टर आवेमा सेलाइयो

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार ०५:०४

लण्डन । स्टेफन हकिङ्गसको अस्तुलाई बेलायती वेस्ट मिनिस्टर आवेमा सेलाइने भएपछि उहाँले बेलायतका सुप्रसिद्ध वैज्ञानिकहरूको स्थान पाउनुहुने भएको छ । उहाँको अस्तुलाई चाल्र्स डार्विन र आइज्याक न्यूटनको समाधिको बीचमा राखिएको छ ।

दशकौँसम्म मोटर न्यूरोन रोगका कारण पक्षघातको पीडा भोगेका भौतिकशास्त्री हकिङ्गसको गत मार्च महिनामा ७६ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँको अस्तु सेलाउने कार्यक्रममा झण्डै एक हजार व्यक्तिको उपस्थिति रहेने पनि बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हकिङ्गसको अस्तु सेलाउने कार्यक्रममा बीबीसीको नाटकमा हकिङ्गसको भूमिका खेलेका नायक वेनेडिक्ट कमरब्याच र अन्तरिक्ष यात्री टिम पिकको पनि उपस्थिति रहको थियो । अस्तुलाई सेलाउने काम सकिएपछि भौतिकशास्त्री हकिङ्गसको शब्द तथा ग्रीक संगीतकार भानजेलिसको संगीतलाई स्पेनस्थित यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइको छ ।

हकिङ्गसकी छोरी लुसीले समारोह शुरु गर्नुपूर्व दिएको प्रतिक्रियामा भन्नुभयो, यूरोपियन स्पेस एजेन्सीबाट अन्तरिक्षमा गुञ्जायमान गराइने संगीतलाई अन्तिरिक्षको ‘सवैभन्दा नजिकको ब्लाक होल १ ए ०६२०–००’ मा पु-याइने कार्यक्रम रहेको छ । समारोहमा विश्वभरबाट मतदानमार्फत छनोट गरिएका एक हजार सर्वसाधारणसहितका पाहुनाहरू उपस्थित हुनेछन् ।