१२ बैशाख २०८१, बुधबार
Follow Us

कर्णेल लामालाई सफाइ

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १४:१५

मंगलवार ओल्ड बेली फौज्दारी अदालतमा अभियोजन पक्षले मुद्दा नचलाउने जनाएपछि जस्टीस स्वीनीको इजलासले लामालाई सफाइ दिएको दिएको हो । जुन महिना देखी सुरु भएको सुनुवाइकोक्रममा लामाले आफु माथि लागेका आरोप अस्वीकार गर्दे आएका थिए । लन्डनस्थित ओल्ड बेली केन्द्रिय फौज्दारी अदालतमा भएको फैसला सुन्न लामा आफ्नी छोरी सहित अदालतमा उपस्थित थिए ।

बेलायतले लामालाई संयुक्त राष्ट्र संघको यातना विरुद्धको महासन्धि अन्तर्गत अन्तर्राष्ट्रिय क्षेत्राधिकार उल्लेख गर्दै पक्राउ गरेको थियो। उनी विरुद्ध माओवादी विद्रोह ताका सन् २००५ मा दुई सर्वसाधारणलाई यातना दिएको अभियोग लगाइएको थियो, तर लामाले ती आरोपहरुलाई अस्वीकार गर्दै आएका छन्। संघको यातना विरुद्धको महासन्धिमा आफ्नो मुलुक बाहिर यातनामा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरुलाई पनि पक्राउ गरी मुद्दा चलाउन सक्ने प्रावधान राखिएको छ । बेलायती अदालतमा लोकप्रिय मानिने जुरीमा बढीमा १२ सदस्य हुने गर्दछन् । यसअघि गत सप्टेम्बर महिनामा हुने भनिएको सुनुवाइ दोभाषेको अभावका कारण स्थगित गरिएको थियो। सुडान मिसनमा कार्यरत रहेको बेला कर्णेल लामा छुट्टीमा बेलायतमा बसोबास गर्ने आफ्नो परिवारलाई भेटन आएका बेला सन् २०१३ को जनवरीमा पक्राउ परेका थिए ।