१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्ततः बेलायतले पायो नेपाली राजदूत

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार १४:१८

बेलायतका लागि नेपाली राजदूतमा डा. दुर्गाबहादुर सुवेदी नियुक्त हुनुभएको छ । साहित्यिक क्षेत्रमा दुवसु क्षेत्रीका नामले सुपरिचित सुबेदीलाई यसअघिको सरकारले राजदूतमा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयले उहाँको सिफारिसलाई सदर गरेको हो ।

सुबेदी परराष्ट्र सेवाका वरिष्ठ अधिकृत हुनुहुन्छ । उहाँलगायत परराष्ट्र सेवाबाट राजदूतमा सिफारिस हुनेहरूको संसदीय सुनुवाइ सकिएकाले नियुक्तिका लागि बाटो खुलेको थियो । राजनैतिक दलबाट भागबन्डामा पर्नेहरूको भने सुनुवाइ रोकिएको छ ।