१५ चैत्र २०८०, बिहीबार
Follow Us

काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्छ : नेता पौडेल

नेपालब्रिटेन संवाददाता
२ असार २०७५, शनिबार १४:०७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाली काँग्रेस पर्वत–काठमाडौँ सम्पर्क समितिको बालाजुमा नयाँ कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले काँग्रेसको सर्वसत्तावाद विरुद्ध लड्न काँग्रेस नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । “कम्युनिष्टहरुले काँग्रेसलाई अफ्यारो अवस्थामा पु-याएका छन्, यसको विरुद्धमा काँग्रेसले कडा प्रतिपक्षको भूमिका खेल्नुपर्छ,”–उहाँले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले पार्टी नेतृत्वले युवालाई आकर्षित गर्दै सबै कार्यकर्तालाई मिलाएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । काँग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले मुलुक अफ्यारो अवस्थामा गएको भन्दै यसलाई जोगाउनका लागि काँग्रेस एक हुनुपर्ने बताउनुभयो । “काँग्रेसभित्र आन्तरिक झगडा गरेर बस्नुको औचित्य छैन, एक आपसमा मिलेर अगाडि बढ्नुपर्छ,”–उहाँले भन्नुभयो ।

सम्पर्क समितिका अध्यक्ष ओमशर्मा चापागाईं, नवराज गुरुङ, राजेन्द्रप्रसाद तिवारीलगायतले गुट उपगुटको अन्त्य गरी पर्वतमा काँग्रेसको संगठन निर्माणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।