११ बैशाख २०८१, मंगलवार
Follow Us

अमेरिकामा एनआरएन विज्ञ सम्मेलन शुरु (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२ असार २०७५, शनिबार १७:१५

लण्डन । गैरआवासीय नेपाली संघको आयोजनामा उत्तर अमेरिका क्षेत्रीय विज्ञ भेला शनिवार देखी शुरु भएको छ । आगामी अक्टोवर १२ र १३ मा नेपालमा विश्व विज्ञ भेला गर्ने पूर्व तयारी स्वरुप उक्त सम्मेलन हुन लागेको हो ।

विश्व विज्ञ भेला अघि विभिन्न क्षेत्रमा गरिने विज्ञ भेला अन्तरगर्त पहिलो उत्तर अमेरिका क्षेत्रवाट गर्न लागिएको गैर आवासीय नेपाली संघले जनाएको छ । एनआरएन अमेरिकाको स्थानीय व्यवस्थापनमा क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा शुरु भेलामा पर्यटन मन्त्री रविन्द्र अधिकारी, पूर्व मन्त्री डा. प्रकाश चन्द्र लोहनी, रेवती प्रसात भुषाल लगायतले सम्वोधन गर्ने आइसिसीका प्रवक्ता भुषण घिमिरेले जनाए ।

आइसिसीका उत्तर अमेरिका क्षेत्रीय संयोजक गौरी राज जोशीको संयोजकत्वमा हुने विज्ञ भेलामा एनआरएनएका अध्यक्ष भवन भट्ट, पुर्व अध्यक्ष एवं संरक्षक जिवा लामिछाने, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, नेपाल विज्ञ सम्मेलनका संयोजक डा. हेमराज शर्मा लगायतको उपस्थिति छ ।

अमेरिकामा क्षेत्रमा वस्नुहुने नेपालीहरुलाई सहभागी गराएर पहिलो पटक गर्न लागिएको भेलामा उत्तर अमेरिका क्षेत्रमा कार्यरत नेपाली वैज्ञानिक,प्राविधिक, अनुसंधानकर्ता, प्राध्यापक,समाजसेवी, विद्यार्थी व्यवसायीहरुको सहभागिता रहेको छ ।

नेपालको विकास र सम्वृद्दिमा एनआरएनएलाई कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले गर्न लागिएको कार्यक्रममा विषयगत रुपमा छलफल हुने र त्यसलाई समेटेर सानफ्रान्सिस्को घोषणा पत्र जारी गरी नेपालमा हुने विज्ञ सम्मेलनमा समेत थप छलफल गरेर नितिगत तहमा लैजान पहल गरिने वताएको छ ।