१५ चैत्र २०८०, बिहीबार
Follow Us

मेसीलाई असहज महसुस

नेपालब्रिटेन संवाददाता
३ असार २०७५, आईतवार ०९:०८

मस्को । अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ ।

अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो खेलपछि मेसीले असहज महसुस गरेको जानकारी दिए ।

पहिलो पटक विश्वकपमा सहभागी भएको आइसल्याण्डसँग पनि १–१ मा सीमित हुनुपर्दा उनलाई आफ्ठ्यारो लागेको प्रशिक्षक साम्पौलीको भनाई छ ।

खेलपछि पत्रकारहरुसँग साम्पौलीले भने “आइसल्याण्डको अत्यन्त रक्षात्मक खेलका कारण मेसीले धेरै असहज महसुस गरेका छन् ।”

मेसीले पाएको पेनाल्टीमा समेत गोल नगरेपछि उनको धेरै आलोचना र उनीप्रति असन्तुष्टी व्यक्त भइरहेका बेला उनले असहज महसुस गरेको समाचार आएको हो ।

अर्जेन्टीनाले यो विश्वकपको दोस्रो खेल यही जुन २१ तारिख अर्थात् असार ७ गते क्रोएसियासँग खेल्ने छ । त्यतिबेला आफ्ना समर्थकहरुको मन बुझाउनेगरी खेल प्रदर्शन गर्ने अर्जेन्टीनाका खेलाडीहरुको अठोट छ ।

विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार तीन वटा खेल हुन लागेका छन् । विश्व फुटबल महासंघको आधिकारिक वेभसाईटमा दिइए अनुसार आइतबार पहिलो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे कोष्टारिका र सर्बियाबीच हुने तालिका रहेको छ ।

त्यसैगरी दोस्रो खेल राति ८ः४५ मा जर्मनी र मेक्सिकोबीच भिडन्त हुँदैछ भने राति ११ः ४५ मा ब्राजिल र स्वीट्जरल्याण्ड भिड्ने भएका छन् ।

आइतबार हुने तीन खेलमध्ये जर्मनी र मेक्सिको तथा ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल निकै नै रोमान्चक हुने अपेक्षा गरिएको छ ।

ब्राजिल र जर्मनीलाई यो विश्वकपको उपाधि दाबेदारको रुपमा पनि हेरिएको छ ।

पाँच पटकको विश्व विजेता ब्राजिल छैटौँ पटक उपाधि हत्याउने दाउमा देखिएको छ भने २० औँ संस्करणको विश्वकप विजेता जर्मनीले पनि चार पटक विश्वकप जितिसकेको छ ।

यस पटक पनि उपाधि जितेर ब्राजिलसँग बराबरी गर्ने जर्मनीको दाउ रहेको देखिन्छ छ ।