४ बैशाख २०८१, मंगलवार
Follow Us

पदोन्नतिको विषयमा सेनाको ध्यानाकर्षण

नेपालब्रिटेन संवाददाता
३ असार २०७५, आईतवार १४:२६

काठमाडौं । नेपाली सेनाभित्र महासेनानी दर्जाको पदोन्नतिको विषयलाई आधार बनाएर सञ्चार माध्यममा सम्प्रेषण भएको समाचारप्रति सेनाले आज आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

सेनाको पदोन्नति सम्बन्धि प्रचलित व्यवस्था ‘सैनिक सेवा नियमावली–२०६९’ मा गरिएको र उक्त नियमावलीमा भएको व्यवस्थाबमोजिम नै पदोन्नतिका लागि सिफारिश गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो । उक्त सिफारिश गत जेठ ३१ गतेको मन्त्रिपरिषद्को बैठकबाट सदर भइसकेको निर्देशनालयले जानकारी गराएको छ ।