१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पासा पुच: गुठी साउथ इस्टमा सुशील प्रजापती

नेपालब्रिटेन डट कम्
३ असार २०७५, आईतवार २१:४७


लन्डन । पासा पु:च गुठी साउथ इस्ट क्षेत्रको अध्यक्षमा सुशील प्रजापति चयन भएका छन्। आइतवार प्लमस्टिड कमन स्थित मेन्स क्लबमा आयोजित गुठीको ७ औँ अधिवेसनले वर्तमान अध्यक्ष सुशील प्रजापतिलाई पुनः अर्को कार्यकालको लागी सर्वसम्मतले निर्वाचित गरेको हो ।
उपाध्यक्ष माधवलाल श्रेष्ठ , मदन श्रेष्ठ, रीता श्रेष्ठ, महासचिव नगेन्द्र श्रेष्ठ, सचिव भिम लक्ष्मी शाक्य, कला सचिव बिनोद चिपालु, सहसचिव सत्य प्रसाद प्रजापती, कोषाध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ, सह कोषाध्यक्ष सोनी श्रेष्ठ, कार्यसमिति सदस्यमा धन माया महर्जन, इश्वर महर्जन , रमेश जोशी, कृष्ण बैद्य, राज कुमार शाक्य चयन भएका छन् ।

ठुलो संख्यामा उपस्थित गुठीका सदस्यहरु माझ आयोजित कार्यक्रमका प्रमुख अथिती पासा पुच गुठी युकेका अध्यक्ष कुमार श्रेष्ठ रहेका थिए । लन्डन गुठीका अध्यक्ष कपिल श्रेष्ठ, उपाध्यक्ष ओजेस डंगोल अथितीको रुपमा रहेका थिए । त्यस्तै गरी अतिथीहरुमा पासा पुच गुठी युकेका उपाध्यक्ष जानकी कायस्थ, संयुक्त श्रेष्ठ, सदस्यहरु सचेतन तुलाधर, साउथ इस्टका पुर्व अध्यक्ष देबेन्द्र श्रेष्ठ, मनिष श्रेष्ठ, छुत्र बहादुर श्रेष्ठको उपस्थिती रहेको थियो ।

संस्थाका सल्लाहकारहरु दिपक श्रेष्ठ, अम्मा मल्ल, सचिन श्रेष्ठ, जोहन नकर्मी, बिजय बज्राचार्य, कुमार जोशी तथा निर्वाचन समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेवारी खानाका परिकार वितरण तथा संस्कृती झल्किने बिबिध कार्यक्रमहरु पनि रहेका थिए । कुमार श्रेष्ठले मन्तब्य राख्दै मिसेस नेपाल युनिभर्सकी बिजेता मनिसा डंगोल तथा नेपाल भाषाकी पत्रकार तथा अधिकार कर्मी लक्ष्मी शाक्यलाई सम्मान गरिएको थियो ।वर्तमान उपाध्यक्ष सुशील प्रजापतिले सम्मान गरेका थिए । कार्यक्रमको अन्त्यमा संस्थाका पुनः निर्वाचित अध्यक्ष सुशील प्रजापतिले सबैमा धन्यवाद ज्ञापन गर्दै समापन मन्तब्य राखेका थिए । अधिवेसनको दोश्रो बन्द सत्रमा निर्वाचनको कार्यक्रम सम्पन्न भएको थियो ।