१३ बैशाख २०८१, बिहीबार
Follow Us

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

sarusaru
४ असार २०७५, सोमबार ०२:३४

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आज साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहा जिल्ला लहान नगरपालिका–८ बस्ने ६० वर्षीय रमाकान्त चौधरी रहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स ७ प ९००९ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ४९३८ नंको मिनी ट्रकले ठक्कर दिएको थियो ।
रासस