६ बैशाख २०८१, बिहीबार
Follow Us

सकियो एकीकृत घुम्ती शिविर

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार ०४:५०

राप्ती । चितवनको राप्ती नगरपालिका ११ आँपपानीमा आयोजना गरिएको एकीकृत घुम्ती सेवा शिविर हिजो आइतबार सकिएको छ । राप्ती नगरपालिकाको व्यवस्थापनमा जिल्ला प्रसासन कार्यालय चितवनले शिविरको आयोजना गरेको हो ।

शिविरमा विकटका बसोबास गर्ने८४ महिला १३१ जनाले नागरिकता बनाएका जिल्ला प्रशासन कार्यलय चितवनका प्रशासकिय अधिकृत दिवाकर पौडेलले बताए बताए सोही शिविरमा १० जनाले अपाङगता परिचयपत्र लिएको महिला तथा वाललालिका कार्यालय चितवनकी प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन ।

शिविर अन्तर्गत जिल्ला जनस्वास्थ्य कार्यालयले गरेको निशुल्क स्वास्थ्य परीक्षण शिविरमा ३९९ जनाले स्वास्थ्य उपचार गराएको जनस्वास्थ्य कार्यलायका कार्यक्रम संयोजक पद्मनाभ ढकाले जानकारी दिए । ९ जनालाई परिवार नियोजन सम्बन्धी परामर्श दिइएको छ । शिविरमा जिल्ला कृषि विकास कार्यालयले बीउ, औजार वितरण गरेको थियो । शिविरमा महिला तथा वालवालिका कार्यालय, जिल्ला पशु सेवा कार्यालय,जिल्ला कृषि विकास कार्यालय,भरतपुर अस्पताल,जिल्ला जनस्वास्थ्य कार्यालय, नगरपालिकाको कृषि र पशु सेवा शाखा लगायतले पनि सेवा प्रवाह गरेका थिए ।

सदरमुकामबाट टाढा रहेका ग्रामिण क्षेत्रका स्थानीयलाई मध्यनजर गर्दै घरगाउँमै सेवा पुर्याउने उदेश्यका साथ जिल्ला प्रसासन कार्यालय चितवनले शिविर संचालन गरेको हो । त्यसैगरी महिला तथा वालवालिका कार्यालयले आधारभूत विद्यालय आपपानीमा वालवालिकामा हुने संयोग विरुद्धको उद्बोधन कार्यक्रम गरिएको छ । वडा नं.११ का वडा अध्यक्ष हितबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यलयका प्रमुख ,शान्ताकुमारी पौडेल ,प्रशासन का प्रशासकिय अधिकृत पौडेल,राप्ती नगरपालीकाका नगर कार्यपालिका सदस्य हिरालाल तमाङ,बिधालयका प्रधानअध्यापक गोपीराज घलान,कृषि बिकास कार्यलयका कार्यक्रम अधिकृत धन बहादुर थापा ,महिला विकास अधिकृत कलावती अोझा,बाल संरक्षण स्रो त व्यकति,मिठु आचार्य , विद्या र्थी,शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको कार्यालयकी नानी मैया पौडेल ले जानकारी दिईन् ।