१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँच जना पक्राउ

नेपालब्रिटेन संवाददाता
४ असार २०७५, सोमबार १४:५६

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न सामान लुटपाट गरेर फरार रहेका ६ जना अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीका दीपक आचार्य, काठमाडौँका शिवबहादुर बस्ताकोटी, लमजुङका माधवप्रसाद न्यौपाने, स्याङ्जाका कृष्णराज पुरी, चन्द्रकान्त पुरी र रुकुमका गोविन्द मल्ल रहेका छन ।

असार २ गते म्याग्दीबाट ४५ किलोग्राम जंगली जडीबुटी, रु ६ लाख नगद, दुई तोलाको सुनको औँठी र तीन तोलाको सुनको सिक्री लुटेर फरार भएका उनीहरुलाई काठमाण्डौंबाट पक्राउ गरेको हो ।

उनीहरुबाट जंगली जडीबुटी ४५ केजी र लु३१प ४७८ नंको मोटरसाइकलसमेत बरामद गरेको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिनुभयो । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।