१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस जिल्ला सभापतिको भेला आजदेखि हेटौंडामा

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार ०५:४०

हेटौडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौँडामा सुरु हुँदैछ । केन्द्रीय समितिको निर्णय अनुसार जिल्ला सभापतिको भेला बोलाइएको हो । भेलामा जिल्ला सभापतिहरुले स्थानीय तहबाट समेत प्राप्त सुझावहरु पेस गर्नेछन् ।

पार्टीको जिल्ला कार्यालयमा भेलाको औपचारिक रुपमा उद्घाटन भयो । संघ र प्रदेशको निर्वाचनपछि पहिलोपटक जिल्ला सभापतिको भेला हुन लागेको हो । भेलामा निर्वाचनमा पराजय लगायतका समसामयिक राजनीतिक विषयको पनि समीक्षा हुनेछ ।

भेलामा कांग्रेसका केन्द्रीय सदस्य तथा ७७ वटै जिल्लाका सभापति उपस्थित हुनेछन् । पार्टी संगठन, विधान र भावी रणनीति लगायतका विषयमा भेलामा छलफल हुनेछ ।

चुनावपछि चुलिएको गुटबन्दी अनुसार नै सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रस्तुतिको तयारी गरेका छन्। पौडेल पक्ष विधान संशोधनसँगै महासमिति बैठकको पक्षमा छ। यस्तै, महाधिवेशन मागको पक्षमा पनि पौडेल समूह छ । देउवा पक्षले भने यसअघिको केन्द्रीय समितिदेखि नै अर्ली महाधिवेशन हुन नसक्ने अडान राख्दै आएको छ ।