१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नासुविरुद्ध मुद्दा दायर

नेपालब्रिटेन संवाददाता
५ असार २०७५, मंगलवार १६:०५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नासु जुनश सापकोटाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु सापकोटाले कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले उनीविरुद्ध कैद सजाय र बिगो असुल गर्न माग गरेको छ ।