६ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन संरक्षक लामिछानेसहितको टोली टेक्सासमा

नेपालब्रिटेन डट कम्
५ असार २०७५, मंगलवार २२:२३

होम लम्साल । टेक्सास, गैरआवासिय नेपाली संघ अभियान्ताहरु सस्थापक एवं बर्तमान प्रमुख संरक्षक जिवा लामिछाने, उपाध्यक्ष कुमार पन्त, सल्लाहकार डा हेमराज शर्मा र आईसिसि सदस्य महेश कुमार श्रेष्ठ अमेरिकाको टेक्सास आउने भएका छन । एनआरएन टेक्सास च्याप्टरद्धारा आयोजित विजनेस फोरमसहित विशेष अन्तरक्रिया कार्यक्रममा भाग लिन टेक्सासको डालास आउने भएका हुन ।

भोली बुधबार डालासस्थित फिसटेल रेष्टुरेन्ट आयोजित छलफल कार्यक्रममा अएनआरएन अभियान्ताहरुसंग टेक्सासबासी व्यवसायी र विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तिहरुसहित अन्र्तक्रिया गर्न लागिएको टेक्सास च्याप्टरका अध्यक्ष भानु खरेलले बताए । छलफलमा समृद्ध नेपालका लागि प्रवासीले कसरी लगानी गर्न सकिन्छ र लगानीका क्षेत्रहरुका साथै एनआरएन अभियानलाई मजबुत बनाउने विषय केन्द्रित हुनेछ ।

अमेरिकाको सानफ्रान्सिस्कोमा भएको विज्ञ भेला र साधारणसभामा आईपुगेको मैका पारि यस कार्यक्रम आयोजना गर्न लागिएको हो । एनआरएनए क्षेत्रिय संयोजक गौरीराज जोशीका अनुसार यस छलफल कार्यक्रम न्यजर्सीसहित अन्य राज्यहरुमा पनि तय भैरहेको बताए ।