१३ बैशाख २०८१, बिहीबार
Follow Us

सिलिन्डर ग्याँस पड्किएर कोरियामा एक नेपालीको मृत्यु

sarusaru
६ असार २०७५, बुधबार ०२:४३

सोल । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा काम गर्दै आएका एक नेपालीको सिलिन्डर ग्याँस पड्किएर ज्यान गएको छ।

दक्षिण कोरियाको ख्यङसाङनामदो प्रान्तको मिरयाङ छोदोङ सहरस्थित माछाको दाना बनाउने कम्पनीमा कार्यरत मोरङ बेलबारीका बलकुमार राईको ज्यान गएको हो।

दाना पकाउने भाँडामा ग्याँस लिक भएर सिलिन्डर पड्किँदा घाइते भएका राईको तुरुन्तै स्थानीय भुसान अस्पताल लगिएको थियो।

सोमबार बिहान ग्याँस पड्किएर घाईते भएका राईलाई राति दुई बजे अस्पतालले मृत घोषणा गरेको उनका सहकर्मी सुरेश राजवंशीले बताएका छन्। हाल उनको शव अस्पतालमै राखिएको छ।

तीन वर्षअघि इपिएस मार्फत कोरिया आएका ३२ वर्षीय राईकी पत्नी र एक छोरा छन्।

यसअघि जुन १३ तारिखका दिन पोखरा बाझपाटन घर भएका बलबहादुर गुरुङ मृत्यु भएको थियो। उनको शव अहिलेसम्म पनि शव कोरियाकै अस्पतालमा रहेको छ।

उक्त कम्पनीमा राई सहित ६ नेपाली कार्यरत थिए।
डिसी नेपाल