१२ बैशाख २०८१, बुधबार
Follow Us

नेतृत्वलाई कांग्रेस जिल्ला सभापतिहरुको यस्तो सुझाव

नेपालब्रिटेन संवाददाता
६ असार २०७५, बुधबार १२:२२

हेटौंडा । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले नेतृत्वलाई प्रभावकारी भूमिका निर्वाह गर्न सुझाव दिएका छन् । हेटौंडामा जारी भेलामा जिल्ला सभापतिहरुले संसद्मा प्रतिपक्षीको भूमिका प्रभावकारी बनाउन र गुटको अन्त्य गर्न नेतृत्वलाई सुझाव दिएका हुन् ।

भेलाको बन्दसत्रमा जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । उनीहरुले संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको र पार्टीमा देखिएका विभिन्न गुटबन्दीलाई प्रश्रय दिएको आरोप लगाउँदै नेतृत्वको आलोचना गरेका हुन् ।

जिल्ला सभापतिहरुले नेतृत्व अझै नचेते आगामी दिनमा नेपाली कांग्रेस पूर्णरुपमा सकिने चेतावनी पनि दिए । उनीहरुले पार्टी नेतृत्वलाई पदको लोभ नगरी त्याग गर्न सुझाव दिएका छन् ।

सभापतिहरुले संसद्मा प्रतिपक्षी दलको नाताले प्रभावकारी भूमिका निर्वाह गरेर सरकारले गरेका गल्ती औंल्याउन सक्नुपर्ने बताए । अहिलेसम्म संसद्मा कांग्रेसको भूमिका प्रभावकारी नभएको भन्दै उनीहरुले यसले जनतामा सकारात्मक प्रभाव पार्न नसकेको जिकिर गरे ।