१३ बैशाख २०८१, बिहीबार
Follow Us

पत्रकार अर्याललाई पितृ शोक

नेपालब्रिटेन डट कम्
७ असार २०७५, बिहीबार ००:०६

लन्डन । नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य प्रकाश अर्यालका पिता धर्मराज अर्यालको निधन भएको छ । नेपाल पत्रकार महासंघ युके शाखाका अनुसार अर्यालको २०७५ जेठ ३० गते बुधबार बिहान ११ः३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास भरतपुर, चितवनमा निधन भएको हो ।

शाखाले बुधवार एक बिज्ञप्ति जारी गर्दै अर्यालको निधनमा दुख ब्यक्त गरेको छ । महासचिव सञ्जयभक्त कँडेलद्वारा जारी बिज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघ युके शाखाका सदस्य श्री प्रकाश अर्यालका पूजनीय पिता, चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्यालको २०७५ जेठ ३० गते बुधबार बिहान ११ः३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास भरतपुर, चितवनमा निधन भएको खबरले हामी स्तब्ध भएका छौँ ।
अर्याल उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो । १५ वर्ष राष्ट्रिय समाचार समितिमा पत्रकारिता गर्नुभएका अर्याल २०५४ सालदेखि निधन हुँदासम्म चितवन पोष्ट दैनिकको सम्पादक हुनुहुन्थ्यो ।
पत्रकारिता पेशामा करिब चारदशक बिताउनुभएका अर्यालको निधनले नेपाली पत्रकारिता जगतलाई क्षति पुगेको छ । यस दुखद घडीमा शोकसन्तप्त परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौँ । स्वर्गीय अर्यालप्रति महासंघ युके शाखा हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछ भनिएको’ छ ।