१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नयां शक्ति बेलायतमा चन्द्र गुरुङ

नेपालब्रिटेन डट कम्
७ असार २०७५, बिहीबार ००:२८

लण्डन । नयां शक्ति नेपाल निकट अन्तर्राष्ट्रिय नेपाली समाज बेलायत ( आईएनएस यूके) को वार्षिक साधारणसभा गत आइतबार सम्पन्न भएको छ । अल्डरसटको एम्पयार हलमा आयोजित कार्यक्रममा नयां शक्ति पार्टी नेपालको तेस्रो स्थापना दिवस समेत मनाइएको छ ।

साधारणसभाले चन्द्र गुरुङको अध्यक्षतामा समाजको नयां कार्यसमिति चयन पनि गरेको छ । कर्यसमितिको उपाध्यक्षमा थम बि क, हेम गुरुङ, डा. दिलिप कुमार यादव, दिपक गैरे र श्रीमती सकुन्तला गुरुङ चयन भएका छन् ।

त्यस्तै, महासचिवमा कृष्ण गैरे, कोषाध्यक्षमा दिपक गुरुङ, सहकोषाध्यक्षमा राजु कंडेल र कुमार घले र सचिवमा पुष्प उप्रेती चुनिएका छन् । कार्यसमितिको सदस्यमा भने पान्डब महतो ( एरिया कोअर्डिनेटर), क्रान्ति मास्के ( एरिया कोअर्डिनेटर ) , सभ तिमिल्सिना ,रुद्र ढकाल ( मिडिया कोअर्डिनेटर ), हर्क सेबा , गन बहादुर गुरुङ , सदस्य रामबाबु श्रेष्ठ ( एरिया कोअर्डिनेटर ), टार्बिन पोखेरेल , टक माया गुरुङ , धन काजी गुरुङ , आकांक्षा गुरुङ , कबिता गुरुङ र श्रीमती हम कुमारी गुरुङ छानिएका छन् ।
समाजको सल्लाहकारमा डा. भरत सिम्खडा , क्या कृष्ण गुरुङ , लेफटीनेन्ट ढक बहादुर गुरुङ , सोम गुरुङ , हम बहादुर गुरुङ र अमेन्द्र गुरुङ मनोनित भएका छन् ।

नयां कार्यसमिति चयनको संयोजन क्याप्टेन कृष्ण गुरुङ र ढक बहादुर गुरुङले गरेका थिए ।
समाजका कार्यबाहक अध्यक्ष चन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा स्थापना दिवस कार्यक्रमलाई नयां शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र प्रवक्ता तथा प्रशिक्षण विभाग प्रमुख डम्बर खतिवडाले नेपाल देखि नै ईन्टरनेटमार्फत सम्बोधन गरेका थिए ।

निवर्तमान महासचिव तथा नयां शक्ति विज्ञ परिषद सदस्य रेशम थापाले नयां शक्ति पार्टिको स्थापना देखि हालसम्मका उतारचढाव, कमी कमजोरी लगायतको विष्यमा आफ्नो अनुभुति सहितको मन्तव्य राखेका थिए भने निवर्तमान अध्यक्ष धन गुरुङले पार्टीको सांगठनिक संरचनाको बारेमा सबिस्तार प्रस्तुत गरेका थिए ।

संगठन विभाग प्रमुख तथा प्रवक्ता सुरोज मास्केले राजनीतिले दुर दराजमा बस्ने गरीब निमुखा जनताको मुखमा खुशीयाली ल्याउन सक्नुपर्ने भन्दै त्यो नयां शक्ति पार्टीबाट मात्र सम्भव देखेकोले आफु यसमा आबद्ध भएको बताएका थिए ।

संस्थाका अध्यक्ष चन्द्र गुरुङले राजनीतिको माध्यमबाट नै उच्च प्रकारको समाजसेवा गर्न सकिने हुनाले आफु पनि यसमा जोडिएर डा. बाबुराम भट्टराईलाई काधमा काध मिलाएर सहयोग गर्ने प्रतिबद्धता प्रकट गरे । उपाध्यक्ष थम बिकले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सञ्चालन कृष्ण गैरेले गरेका थिए । कार्यक्रमको लागि हल व्यवस्थापन उपाध्यक्ष हेम गुरुङले गरेका थिए ।