१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रेल काठमाडौं पुर्याउन चीन सहमत

sarusaru
७ असार २०७५, बिहीबार ०३:१९

काठमाण्डौ – चीन र नेपाल उत्तरी रेल काठमाडौं पुर्याउन सैद्धान्तिक रुपमा सहमत भएको तर लगानी कसले गर्ने भन्नेमा टुंगो नलागेको समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले भने, ‘बेल्ट एण्ड रोड परियोजनाअन्तर्गत चिनियाँ रेल तिब्बतको सिगात्सेसम्म पुगिसकेको छ । काठमाडौं टाढा छैन । के गर्नुपर्छ, छलफल गर्न चीन तयार छ ।’ रेल काठमाडौं पुर्याउन सम्पूर्ण रुपमा अनुदान नदिने उनको भनाइले संकेत गरेको छ ।

नेपाल र चीनका विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रबीच ९ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बेइजिङमा दुवै देशका पदाधिकारीले ती सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नयाँ पत्रिका