११ बैशाख २०८१, मंगलवार
Follow Us

तरुण दलको विरोध

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार १०:४२

पोखरा । नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै त्यसको विरोधमा आज पोखरामा विरोध -याली निकालेको छ ।

पोखराको महेन्द्रपुल चोकबाट शुरु भएको -याली चिप्लेढुंगा बिपी चोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा तरुण दल पोखरा लेखनाथ महानगरपालिका समिति अध्यक्ष महेन्द्र पुनले चर्को मूल्यवृद्धिका कारण जनता मारमा परेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बढेको भन्दै उहाँले सरकार निरंकुश बन्दै गएको आरोप लगाउनुभयो । कोणसभामा नेपाल तरुण दल क्षेत्र नं २ का सभापति डिआर भट्टराई, नेपाल तरुण दल पर्वतका अध्यक्ष राजु मल्ल, तरुण दलका पूर्वनगरसभापति सुरजजंग राणालगायतले मूल्यवृद्धि फिर्ताको माग गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।