April 2, 2020

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात

  21st June 2018 मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु-याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ ।

प्रतिक्रिया