१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेस जिल्ला सभापतिहरु संगठन, विधान र समसामयिक मुद्दामा केन्द्रीत

नेपालब्रिटेन संवाददाता
७ असार २०७५, बिहीबार १६:०३

काठमाडौं । नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला मुख्य तीन विषय केन्द्रित भएको बताइन्छ । जिल्ला सभापतिहरु संगठन, विधान र समसामयिक मुद्दामा केन्द्रीत रहेका छन् । विहीबारको बन्द सत्रमा ३४ जना जिल्ला सभापतिहरुले आफ्नो धारणा राखेका थिए ।

जिल्ला सभापतिहरुले गुटको अन्त्य नगर्दा सम्म पार्टी पहिलेको अवस्थामा आउन नसक्ने धारणा व्यक्त गरेका छन् । मकवानपुरको हेटौडामा जारी नेपाली काँग्रेसको जिल्ला सभापतिहरुको भेलामा धारणा राख्ने अधिकांश सभापतिहरुले पार्टी भित्र पहुँचको आधारमा नभई कार्यकर्ताबाट अनुमोदित नेतृत्वकर्ताले नै पदाधिकारीमा अवसर पाउनु पर्ने विचार समेत व्यक्त गरेका छन् ।

यसरी धारणा राख्ने जिल्ला सभापतिहरुमा— ओखलढुंगाका प्रदीपकुमार सुनुवार, रसुवाका पेम्बा छिरिङ तामाङ्ग, सिन्धुलीका उज्ज्वलप्रसाद बराल, मनाङका टेकबहादुर गुरुङ, काठमाडौँका कृष्ण (सवुज) वानियाँ, डोटीका प्रदीप देउवा, सल्यानका गणेश चन्द, झापाका उद्धव थापा, हुम्लाका जयपति रोकाय, मोरङका डिगबहादुर लिम्वू, जुम्लाका दिपबहादुर शाही, संखुवासभाका दिपनकुमार श्रेष्ठ, गुल्मीका भुवन श्रेष्ठ, प्यूठानका अमरप्रसाद भण्डारी, डडेल्धुराका कर्णबहादुर मल्ल, अछामका भरतबहादुर स्वाँर, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, रोल्पाका अमरसिंह पुन, बाँकेका किरण कोइराला, धनुषाका महेशशंकर गिरी, सिरहाका रामचन्द्र यादव, काभ्रेपलाञ्चोकका मधु आचार्य, तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले, अर्घाखाँचीका विष्णुप्रसाद खनाल ‘मुस्कान’, दैलेखका कृष्णकुमार बी.सी., रौतहटका कृष्णप्रसाद यादव, मुगुका खड्कबहादुर शाही, बाराका जयचन्द्र चौरसिया, बझाङका हर्कजंग बहादुर सिंह, महोत्तरीका महेन्द्रकुमार राय, भक्तपुरका दुर्लभ थापा, पर्साका अजयकुमार द्विवेदी, रुकुम (पूर्वी) का संयोजक केशरमान रोक्का र मकवानपुरका ईन्द्रबहादुर वानियाँ छन् ।

गत असार ५ बाट आज ७ गते सम्म हुने भएको भेलामा केही जिल्ला सभापतिहरुको धारणा राख्ने क्रम बाँकी नै रहेकाले भेला आज राति अबेरसम्म सञ्चालन हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । सबै ७७ जिल्लाका सभापतिहरुको धारणा सकिने र सो धारणालाई आधारमानी भोलि विहान हेटौंडा घोषणा पत्र जारी गरिने भएको छ ।