१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा ठगीको अभियोगमा गुरुङलाई २ वर्ष जेल सजाय

नेपालब्रिटेन डट कम्
७ असार २०७५, बिहीबार १५:५७

लन्डन — ब्रिटेनमा छुट्टी मनाउन जाने व्यक्तिहरुलाई गलत सूचना दिएर ठूलो रकम घोटाला गरेको अभियोगमा दोषी पाइएका एक नेपालीलाई दुई वर्षभन्दा बढीको जेल सजाय सुनाइएको छ ।

ह्यारो क्राउन कोर्टले मार्खर ट्रेडर्स लिमिटेडका निर्देशक तेजबहादुर गुरुङलाई छुट्टी मनाउन जाने २८ जना व्यक्ति ९होलिडे मेकर० बाट ७० हजार पाउन्ड घोटाला गरेको अभियोगमा २५ महिनाको जेल सजाय सुनाएको हो । अदालतले उनलाई दस वर्षसम्म कुनै पनि कम्पनीको निर्देशक बन्न अयोग्य हुने फैसला पनि गरेको छ । गुरुङले बयान दिँदा आफू दोषी भएको स्वीकारेका थिए ।

स्थानीय हयारो टाइम्स समाचारपत्रका अनुसार गुरुङले छुट्टी मनाउन जाने व्यक्तिहरुलाई अन्तिम समयमा वायुसेवा कम्पनीले उडान रद्द गरेको जानकारी दिएर नयाँ बुकिङ गर्न बाध्य बनाउने गरेको ब्रेन्ट एण्ड ह्यारो ट्रेडिङ स्टान्डर्डस् निकायलेपत्ता लगाएको थियो । उनले अरु कैयौं मानिसहरुसँग त्यसरी नै धोखाधडी गरेको हुनसक्ने पनि सो निकायले बताएको छ । गुरुङको कम्पनीसँग एटोल लाइसेन्स पनि थिएन ।