१२ बैशाख २०८१, बुधबार
Follow Us

कांग्रेस रुपान्तरणको संकल्पसहित सभापति भेला सकिँदै

sarusaru
८ असार २०७५, शुक्रबार ०६:०६

हेटौंडा । कांग्रेस जिल्ला सभापतिहरूको भेला हेटौंडा घोषणापत्र जारी गर्दै शुक्रबार सकिँदै छ ।

मंगलबारदेखि शुरु भेला बिहीबार नै सक्ने बताइए पनि जिल्लभा सभापतिहरु बोल्ने क्रम नसकिएकाले एक दिन लम्बिएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणको संकल्पसहितको घोषणा पत्र जारी गर्दै भेला सकिने जानकारी दिए । उनका अनुसार, घोषणापत्रमा पार्टीभित्र अनुशासन कसरी कायम गर्ने, केन्द्र तथा स्थानीय तहमा प्रतिपक्षीका रुपमा कसरी प्रस्तुत हुने भन्नेलगायत विषय समेटिने छन् ।

भेलाले पार्टीलाई संघीय ढाँचामा लैजान र विधिपूर्वक विधान पारित गराउन सुझावसमेत दिएको शर्माको भनाइ छ ।

बिहीबारसम्म बोल्ने अधिकांश जिल्ला सभापतिहरुले पार्टी नेतृत्वको कार्यशैलीले कांग्रेसको अस्तित्व नै खतरामा परेको भन्दै आलोचना गरेका थिए ।
अनलाइन खबर