८ बैशाख २०८१, शनिबार
Follow Us

अर्जेन्टिनामा यस्तो अफवाह फैलिएछ

नेपालब्रिटेन संवाददाता
९ असार २०७५, शनिबार ०५:५०

व्यूनर्सआर्यस । क्रोयसियासँग बिहीबार भएको विश्वकप खेलमा अर्जेन्टिनाले लज्जास्पद हार ब्यहोरेको र यसका कारण खेलाडीले प्रशिक्षक जर्ज सामपाओलीलाई हटाउन चाहेका भन्ने समाचार आफ्नो समूहविरुद्ध अफवाह फैलाउन रचिएको प्रपञ्चबाहेक केही नभएको अर्जेन्टिनाले जनाएको छ ।

“यो विल्कुल गलत हो,” अर्जेन्टिनी फुटबल समूहका अधिकारीले बताउनुभयो । “खेलाडीको बैठक र अन्य केहीबारे पनि आएका नकारात्मक खबरहरू भ्रम सिर्जना गर्न गरिएका अनर्गल प्रचारमात्र हुन्,” स्रोतले जनाएको छ ।

बिहीबारको खेलपछि अर्जेन्टिनाका स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा अर्जेन्टिनाका खेलाडी तथा प्रशिक्षक र प्रशिक्षण समूहका अन्य सदस्यबीच तनाब बढेको र खेलाडीले प्रशिक्षक सामपाओलीलाई हटाउन चाहेको भन्ने समाचारहरू बाहिरिएका थिए ।