April 9, 2020

एसईईको नतिजा सार्वजनिक

  23rd June 2018 मा प्रकाशित

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा एसर्इर्इ को नतिजा सार्वजनिक भएको छ । शनिबार परीक्षा बोर्डको बैठक बसेपछि पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक भएको हो । एसर्इर्इको नतिजा आइभीआर, एसएमएस र विभिन्न वेबसाइटमा हेर्न सकिन्छ। आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ। एसएमएसबाट पनि नतिजा थाहा पाउन सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np मा, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np मा, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

कसरी हेर्ने एसर्इर्इको नतिजा ?
नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np र एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ। edusanjal.com र edukhabar.com मा पनि नतिजा हेर्न सकिन्छ।

गत चैत आठ गतेदेखि सञ्चालन भएको एसर्इर्इ परीक्षामा २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी ५ लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी भएका थिए।

तीन घण्टापछि प्रकाशित भयो एसर्इर्इको नतिजा
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तोकिएको समयभन्दा तीन घण्टा ढिलो गरी नतिजा सार्वजनिक गरेको छ । गतवर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १, प्राविधिकतर्फ आठ हजार सात सय आठ जना र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी रहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले नेपाल समयलाई जानकारी दिए ।

प्रतिक्रिया