७ बैशाख २०८१, शुक्रबार
Follow Us

एसइइ नेपाल टपरमा दुईजनाको दाबी

नेपालब्रिटेन संवाददाता
१० असार २०७५, आईतवार ०६:०२

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले हिजो शनिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षाको नतिजामा नेपाल टपरमा दुईजनाले दाबी गरेका छन् ।

नतिजा सार्वजनिक भएपछि उत्कृष्ट को भन्ने विवाद पनि देखिएको छ । गे्रडिङ सिस्टममा गएपछि नम्बरको सट्टा ग्रेडिङ गर्ने प्रावधानले उत्कृष्टको विवाद सिर्जना भएको हो । यसको समाधान माध्यमिक शिक्षा परिषदबाट मात्र हुनसक्ने बताइएको छ ।

भक्तपुर महेन्द्र विद्याश्रम स्कुलका सार्थक मल्ल र पर्वत कुश्माको कालिगण्डकी एकेडेमीकी अञ्जली पुरीले जिपिए ४ ल्याएको दाबी गरेका छन् । सार्थक बुढानीलकण्ठमा अहिले ‘ए’ लेबलमा अध्ययन गर्दैछन् । घोकेन्तभन्दा बुझेर पढ्नुपर्ने सुझाव दिने सार्थक भविष्यमा कम्प्युटर इन्जिनियर बन्ने लक्ष्य लिएका छन् ।

कालिगण्डकी एकेडेमीकी अञ्जली भने भविष्यमा डाक्टर बन्ने लक्ष्य राख्छिन् । अभिभावकको पे्ररणा, शिक्षक र आफ्नो मेहनत र सहयोगले नेपाल टपर भएको दाबी अञ्जलिको छ ।