७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

नेपालब्रिटेन संवाददाता
१० असार २०७५, आईतवार ०६:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता हुनुभएको छ । प्रधानमन्त्री ओली आज बिहान १०:१५ बजे स्वदेश आई पुग्नुभएको हो उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गर्नुभयो । प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गर्नुभएको थियो ।