७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनअारएन युकेकाे सबै संघसंस्थाहरूलाई अनुराेध {विज्ञापन}

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७३, मंगलवार २२:२२

श्रीमान युकेमा रहेका सबै संघसंस्थाका अध्यक्षज्यूहरू,
उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ संयुक्त अधिराज्य बेलायतको बिधान अनुसार संयुक्त अधिराज्यमा स्थापित भई सकृय सञ्चालन भईरहेको नेपाली संघ संगठन बिच एकता र भातृत्वको भावना अभिबृद्धि गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदान गर्न सक्ने अवसर प्रदान गर्ने उध्देश्यलाई स्वीकार गर्न संघ संस्था प्रतिनिधि सभाको गठन र प्रत्येक संस्थाबाट दुईजना प्रतिनिधि पठाउने व्याबस्था र प्रतिनिधि सभाको बैठक वर्षमा एक पटक अनिवार्यरुपमा बस्न पर्ने व्यबस्था भएनुरुप निम्न लिखित मिति, स्थान र समयमा संघ संस्था प्रतिनिधि सभाको बैठक बस्न लागिरहेको सहर्ष जानकारी गराउदछाैँ ।
साेकाे बारेमा एनअारएन युकेका तर्फबाट निमन्त्रणा पठाइसकिएकाे छ यदि साे सूचना कारणवश प्राप्त नभएकाे भए यसैलाइ अाधार मानी तपाईले नेतृत्व गरिरहनु भएको संस्थाबाट दुई प्रतिनिधिहरुको नामावली यथाशीघ्र पठाइदिन हुन हार्दिक अनुरोध गर्दछौ ।

कार्यक्रम हुने मिति : 11 September 2016, Sunday
स्थान : Empire, Banqueting Hall, The Kings Centre, Aldershot, Hampshire, GU11 1DJ
समय : 1000 HRs to 2000 Hrs
contact email : [email protected] वा [email protected]

भबदिय
एनआरएन यूके