१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

sarusaru
१० असार २०७५, आईतवार ०९:५९

बाँके । नेपाली सेनाका मेजर लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट पक्राउ गरेको हो ।

उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा शाखाका इन्सपेक्टर रणबहादुर विष्टले धिरेन्द्रजंग शाही र रिम पौडेल पक्राउ परेको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘म सेनाको मेजर हुँ भने पनि उहाँले परिचय खुल्ने कागज भने देखाउनु भएको छैन । हामी अनुसन्धानको क्रममा छौं ।’

शाही ब्राउन सुगर खरिद गर्न ढकेरी गएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र कोहलपुरको विशेष टोलीले शनिबार साँझ छापा मारेको थियो ।

पक्राउ परेका अर्का व्यक्ति पौडेल लागुऔषधको ठूलो कारोबारी भएको बताइन्छ । उनीहरु दुवै जना बाँके प्रहरीको हिरासतमा छन् ।
अनलाइन खबर