१६ चैत्र २०८०, शुक्रबार
Follow Us

पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि यौन शोषणको आरोप

नेपालब्रिटेन संवाददाता
१० असार २०७५, आईतवार १५:०२

रुकुम । यौन शोषणको आरोपमा पक्राउ परेका नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेश विक पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुम (पश्चिम) का न्यायाधीश काजीबहादुर राईको एकल इजलासले आज उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद पौडेलले जानकारी दिनुभयो

विकलाई त्रिवेणी गाउँपालिकाकी एक युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा गत जेठ २२ गते प्रहरीले पक्राउ गरेको थियो । आफूलाई जबरजस्ती करणी गरेको भनी ती युवतीले प्रहरीमा उजुरी दर्ता गरेपछि विकलाई पक्राउ गरिएको थियो ।