११ बैशाख २०८१, मंगलवार
Follow Us

पानामाविरुद्ध इंगल्यान्डको शानदार जित

नेपालब्रिटेन संवाददाता
१० असार २०७५, आईतवार १५:२३

इग्ल्यान्ड–६, पानामा–१
काठमाडौँ । रुसमा जारी विश्वकप फुटबलमा पानामाविरुद्ध इग्ल्यान्डले सानादार जित निकालेका छ । जीतसँगै इग्ल्याण्ड टोली शीर्ष १६ टोलीमा पुगेको छ । कप्तान ह्यारी केनले ह्याट्रिक पूरा गर्दा इंग्ल्याण्डले पनामाको पोष्टमा गोलको बर्षा नै ग-यो । इंग्ल्याण्डले पनामालाई ६-१ को फराकिलो अन्तरले हराउँदा केन जारी रुस विश्वकपमा अहिलेसम्म सबैभन्दा बढी पाँच गोल गर्ने खेलाडी बनेका छन् ।

खेलको आठौ मिनेटदेखि नै गोल गर्न थालेको इंग्ल्याण्डले आफ्नो गोल अभियानलाई खेलको ६२ औ मिनेटसम्म जारी राखेको थियो । इंग्ल्याण्डका लागि कप्तान ह्यारी केनले खेलको २२ , ४६ र ६२ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यस्तै जोन स्टोनले खेलको आठौ र चालीसौ मिनेटमा दुई गोल गर्दा जोसे लिनगार्डले ३६ औं मिनेटमा एक गोल गरेका छन् ।

पनामाको तर्फबाट एक मात्र सान्त्वना गोल खेलको ७८ औं मिनेटमा फिलिप वालोयेले गरेका थिए । निज्नी नोभगोरोड रंगशालामा सम्पन्न खेल बटुलेको विजयले इंग्ल्याण्डले अन्तिम १६ मा स्थान सुरक्षित गर्दा पनामा विश्वकपबाट वाहिरिएको छ ।