१२ बैशाख २०८१, बुधबार
Follow Us

चार ठाउँमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नेपालब्रिटेन संवाददाता
११ असार २०७५, सोमबार ०५:५७

भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा आज बिहानैदेखि सवारी आवागमन अबरुद्ध भएको छ । सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध भएको हो ।

प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउन आयोजनाका डोजरमार्फत काम भइरहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले अबरुद्ध सडक खुलाउन काम भइरहे पनि वर्षा जारी रहेकाले असुविधा भएको बताए । उनले सडक नखुलेसम्म प्रवेश नगर्न र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधानहरुलाई अनुरोध समेत गरे ।

वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।