११ बैशाख २०८१, मंगलवार
Follow Us

अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी संचालनमा

नेपालब्रिटेन संवाददाता
११ असार २०७५, सोमबार ०७:३९

काठमाडौं । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । गएराति साढे २ बजेदेखि अबरुद्ध सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

यो सडकखण्डको चारकिलो, चोरखोला र कालीखोला जलविरे लगायत ठाउँमा पहिरो खसेपछि गएरातिदेखि बिहान ८ बजेसम्म सडक अबरुद्ध भएको थियो । चारकिलोमा गएको पहिरो ठूलो भएकाले पन्छाउन केही कठिन भइरहेको प्रहरीले जनाएको छ ।

जतिसक्दो छिटो पहिरो पन्छाएर सडकलाई दुईतर्फी रुपमा सञ्चालन गर्ने तयारी भइरहेको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।