८ बैशाख २०८१, शनिबार
Follow Us

‘नेप्लिज एकाउन्टेन्टस् यूके’को स्थापना

नेपालब्रिटेन डट कम्
१२ असार २०७५, मंगलवार ०७:५५

लण्डन । बेलायतमा नेपाली युवाहरुले ‘नेप्लिज एकाउन्टेन्टस् यूके’ नामक संस्थाको स्थापना गरेका छन्।

एकाउन्टिङको क्षेत्रमा कार्यरत नेपाली युवाहरुले सो संस्थाको स्थापना गरेका हुन्।

आइतबार लण्डनमा आयोजित भेलाले सो संस्थाको संयोजकमा सरोज सापकोटालाई चयन गरेको छ।

भेलाले ९ सदस्य रहेको कोअर्डिनेसन समिति पनि निर्वाचित गरेको छ जसको सहसंयोजकमा राजेन्द्र सुवेदी, सचिवमा शशिधर नेपाल र कोषाध्यक्षमा सुरेन्द्र ढुंगानालाई निर्विरोध चयन गरेका छन्।

पाँच जनालाई कार्यगत उपसंयोजक तोकिएको छ जसमा कृष्ण प्रसाद खतिवडा, सुरेन्द्र थपलिया, समिर प्याकुरेल, प्रेम सुहांग र लेखनाथ घिमिरे रहेका छन्।

बेलायतमा क्रियाशील नेपाली प्रोफेसनललाई संगठित गर्ने, उनीहरुको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्ने, पेशाकर्मीबीचको सम्बन्ध र सहकार्य बढाउने लगायतका लक्ष्य राखी ‘नेप्लिज एकाउन्टेन्टस् यूके’ को स्थापना गरेका संयोजक सापकोटाले बताए।