७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्धारा चितवनका विद्यालयहरुमा विद्युतीय पुस्तकालय स्थापना

नेपालब्रिटेन डट कम्
१२ असार २०७५, मंगलवार ०८:०३

चितवन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को लाईब्रेरी परियोजना अन्तर्गत नेपाल लाईब्रेरी फउण्डेसनको प्राविधिक सहयोगमा भरतपुर महानगरपालिका वार्ड नं १ देवाघाटमा अवस्थित भरतपुरको एक मात्र संस्कृत विद्यालय सीताराम संस्कृत माध्यमिक विध्दायलयमा विद्युतिय पुस्तकालय समुद्घाटन कार्यक्रम सम्पन्न भयो । यस पुस्तकालयको समुद्घाटन गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापा र सहकोषाध्यक्ष एवं नेपाल लाईब्रेरी फाउण्डेसनका अन्तर्राष्ट्रिय संयोजक सोमनाथ सापकोटाले संयुक्त रुपमा गर्नु भएको थियो ।

समुद्घाटन सत्रमा नेपाल लाईब्रेरी फाउण्डेसनका अन्तर्राष्ट्रिय संयोजक सोम नाथ सापकोटाले गैरआवासीय नेपाली संघले शिक्षा क्षेत्रमा गरेका गतिविधिहरु बारे प्रकाश पार्नु भएको थियो । साथै उहाँहरुले गैरआवासीय नेपालीहरुको सहयोगमा यस्तै प्रकारको पुस्तकालय नेपालका ४० जिल्लाका १३० भन्दा बढी ठाउँमा स्थापना गरिएको बताउँदै भविष्यमा अन्य क्षेत्रमा पनि विस्तार गरिने जानकारी गराउनुभयो ।

विद्यालयका प्रधानध्यापक मिलन घिमिरेले पुस्तकालय स्थापना गर्न सहयोग गरेकोमा गैरआवासीय नेपालीहरु र अन्य सामाजिक संघ संस्थाहरु प्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो । यसका साथै उहाँले पुस्तकालयबाट विद्यालयको शैक्षिक गुणस्तरका साथै विध्दयार्थीहरुको ज्ञान र सीपमा अभिबृद्धि गर्न ठूलो सहयोग हुने पनि बताउनुभयो ।

गैरआवासीय नेपालीहरु र अन्य संघ संस्थाहरुको सहयोगमा उक्त विद्यालयललाई २० कम्प्युटर अफलाइनमा अध्ययन गर्ने प्रविधिको व्यवस्था छ । इ पुस्तकालयमा उपलब्ध भएका सफ्टवेयरको निर्माण ओपन लर्निगं एक्सचेन्ज नेपालले गरेको हो ।

गैरआवासीय नेपाली संघका संरक्षक राम प्रताप थापाले संघको तर्फबाट इपुस्तकालयका लागि चाहिने आवश्यक सफ्टवेयरहरु उपलब्ध गराई सहयोग गर्नु भएको हो । कार्यक्रममा विद्यालयका शिक्षकहरु, विद्यार्थीहरु र चितवन जिल्लाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।