१४ बैशाख २०८१, शुक्रबार
Follow Us

 मेरिल्यान्डका उपप्रमुख  सिटौला क्यालिफोर्नियामा अभीनन्दित 

नेपालब्रिटेन डट कम
१२ असार २०७५, मंगलवार १३:०९

अमेरिकी  स्थानिय सरकारमा निर्वाचित नेपाली मूलका प्रथम व्यक्ती इन्डियन हेड नगरपालिका, मेरिल्यान्डका उप प्रमुख किरण रन सिटौला क्यालिफोर्नियामा अभीनन्दित हुनु भएको हो। उहाँलाई नेपालीहरुकोअन्तर  राष्ट्रिय संस्था नेपाल विश्व सहयोग संघले उहाँले नेपाली जातिको प्रतिष्ठा बढाउने र नेपालीहरु माझ उत्कृष्टउदाहरण पेश गर्नु भएकोले   क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्को बेको  रिचमन्ड शहरमा एक बिशेष समारोहविच अभिनन्दित गरेको हो। अभिनन्दन पत्रमा उहाँलाई उत्कृष्ट उपलब्धीहरुको लागि बधाई दिँदै अमेरिकि शक्तिको प्रतिक क्यापिटल हिलसम्म पुग्न सफलता मिलोस भन्ने शुभकामना समेत  व्यक्त गरिएको छ, र सो सत्प्रयाशको लागि संस्था सदैव उहाँको साथ रहने प्रतिवद्दता समेत व्यक्त गरिएको छ। नेपाल विश्व सहयोग संघ एन ए जि सि का संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले सो अभिनन्दन पत्र पढ्नु भएको थियो भने नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका वरिष्ठ उपाधक्ष इश्वर सिटौलाले उत्तर क्यालिफोर्नियाका नेपाली संघ संस्थाहरुको तर्फबाट  उप मेअर सिटौलालाई   खादा लगाएर सम्मान गर्नु भएको थियो। सो अभिनन्दन पत्र पश्चिम अमेरिका नेपाली महासंघ वाना तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितीका अधक्ष उत्तम कार्की, नेप्लिज असोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष रविन्द्र कुमार राइ र एन ए जि सि संस्थापक अध्यक्ष मणी नेपाली पनेरुले संयुक्त रुपमा प्रदान गरिएको थियो।

अभिनन्दित व्यक्तित्व तथा प्रमुख अतिथी किरण “रन” सिटौलाले आफूलाई प्रदान गरिएको सम्मान र न्यानो मायाप्रती आभार प्रकट गर्दै अमेरिकि मूल राजनीतिमा सहभागी हुन आव्हान गर्नु भयो। भाईस मेअर सिटौलाले भन्नु भयो, यहाँको राजनितीमा आउन आफूले धेरै समाजसेवारुपी पानीले यहाँको माटो भिजाउन पर्ने र अन्य अल्प सँख्यक समुदायहरु सङ्ग सहकार्य गर्न पर्छ। हामीले उठाएका चन्दाको पचास प्रतिसत यहीँको समुदायको बिकासको लागि उपयुक्त हुने बताउंदै राम्रो सहकार्यमा जोड दिनु भयो। उहाँले अमेरिकाभरी नेपाली सामुदायिक भवन बन्न पर्ने र आफ्नो पारिवारिक समूह सिटौला समाजमार्फत यहाँको कम्युनिटी सेन्टरको लागि भरथेग गर्न प्रयासरत रहेको बताउनु भयो। आयोजकको तर्फबाट महिला नेत्री, एन ए एन सि उपाधक्ष तथा एन ए जि सि प्रथम महिला हेमा पनेरुले स्वागत मनतव्य राख्नु भएको थियो भने नेपाली कम्युनिटी सेन्टरका अधक्ष उत्तम कार्की, समाजसेवी नारायण पोखरेल, एन ए एन सि का अध्यक्ष रविन्द्र कुमार राइ, एन आर एन ए क्यालिफोर्निया च्याप्टर का संस्थापक अध्यक्ष पूर्ण चन्द्र बानिया, नेपाली जनसंपर्क समिती अमेरिका का केन्द्रिय सदस्य चन्द्र धिताल तथा वरिष्ठ शिक्षाविद सुरेश भट्ट लगायतले स्वागत तथा शुभकामना  मन्तव्य राख्नु भएको थियो।

सोही समारोहविच नेपाल विश्व सहयोग संघ एन ए जि सि कि प्रथम महिला हेमा पनेरुलाई संस्थाको स्थापना काल देखी हाल सम्म संस्थालाई हुर्काउन आर्थिक भौतिक एव नैतीक सहयोग गरी संस्थालाई ठुलो योगदान गर्नुभएको लागि एन ए जि पेट्रन अवार्डले सम्मान गरिएको छ। उक्त अवसरमा  नेपाल सरकार  पर्यटन दूत तथा एन ए एन सि का पूर्व अध्यक्ष घन दवाडी, नेपाली जनसंपर्क अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा,  उप सभापति लक्ष्मी कार्की, महासचिव हरी भट्ट, कोषाधक्ष गोमा अधिकारि लिम्बु, अन्तरराष्ट्रिय नेपाली समाज क्यालिफोर्निया च्याप्टर अध्यक्ष तथा पत्रकार सर्वज्ञ वाग्ले,  बुद्द नेपाल फाउन्डेशनका अध्यक्ष चीन काजी श्रेष्ठ, नेको फाउन्डेशनका अध्यक्ष विस्व भट्ट लगायत बिभिन्न संघ संस्थाका नेत्रित्वगणको उपस्थिती थियो। त्यसै गरी एन आर एन क्यालिफोर्निया  च्याप्टरको कोषाधक्ष दीपा सापकोटा भट्ट, ओम्यान कोअर्डिनेटर दिक्षा वस्नेत, बोर्ड अफ डाइरेक्टर कोमल डोटेल, लायन्स क्लब अफ सान लियान्द्रो मन कामनाकी त्रितिय उपाधक्ष माया धिताल, शिक्षाविद कृष्ण लामिछाने, खुला मन्चका पत्रकार सागर श्रेष्ठ, द व्ह्वाइट जोनका पूर्व सचिब राजेन्द्र जोशी  लगायत महत्वपूर्ण व्यक्तित्वहरुको उपस्थिती थियो।