८ बैशाख २०८१, शनिबार
Follow Us

सांसद डा. पाठक लण्डन आउने

नेपालब्रिटेन डट कम्
१२ असार २०७५, मंगलवार १४:०५

लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् । डा. पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा बिशिष्ठ अतिथिको रुपमा कार्यक्रममा भाग लिन बेलायत आउन लागेका हुन् । जुलाईको तेस्रोसाता लण्डन आइपुग्ने पाठकले वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने छन् ।

नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, संघका अध्यक्ष भवन भट्ट लगायतले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ । कार्यक्रममा वेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया व्यक्तित्वको रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।