७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रि–क्वाटरमा अर्जेन्टिनाको भिडन्त फ्रान्ससँग

नेपालब्रिटेन संवाददाता
१३ असार २०७५, बुधबार ०५:०४

मस्को । समूहको अन्तिम खेलमा जीत निकाल्दै अर्जेन्टिना अघिल्लो चरणमा पुुगेको छ । अघिल्लो चरणमा अब अर्जेन्टिनाले फ्रान्ससँग खेल्ने छ । क्रोएसिया समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ । क्रोएसियाले दोस्रो चरणमा डेनमार्कसँग खेल्नेछ ।

अर्जेन्टिनाले नाइजेरियालाई २–१ ले हराउँदै उपविजेताका रुपमा अघिल्लो चरणमा पुुगेको हो । अर्जेन्टिनाको जीतमा कप्तान लियोनल मेस्सी र मार्को रोजोले गोल गर्नु भयो । खेलको १४ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दिलाएपनि पेनाल्टि पाएपछि नाइजेरियाले गोल फर्काएको थियो । मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डिबक्समा लडाएपछि मोसेसले पेनाल्टीमा गोल गर्नु भयो ।

तर मार्को रोजोले ८६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको संकट टार्नु भएको हो । अर्जेन्टिना अघिल्लो चरणमा पुग्न क्रोएसियाको जीत समेत सहयोगी बन्यो । उसले आइसल्याण्डलाई हराएपछि अर्जेन्टिनाको अघिल्लो चरण थप सहज भएको हो ।

यो खेलमा आइसल्याण्ड विजयी भएको भए अर्जेन्टिनालाई छनोट हुन गाह्रो थियो । यो समूूहबाट तीनै खेलमा जीत निकाल्दै क्रोएसिया विजेताका रुपमा अघिल्लो चरणमा पुुगेको छ ।