७ बैशाख २०८१, शुक्रबार
Follow Us

आजबाट देशभर मनसुन सक्रिय

नेपालब्रिटेन संवाददाता
१३ असार २०७५, बुधबार ०५:०६

काठमाडौं । आजबाट देशभर मनसुन सक्रिय हुने भएको छ । गएको ८ जुनमा नेपालको पूर्व भागबाट फैलिएको मनसुनी वायु दुई हप्ता वितिसक्दा पनि पूर्वी र मध्य क्षेत्रमा मात्रै सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले पोहोर भन्दा चार दिन अघि नेपालमा मनसुन प्रवेश गरेको बताएपनि मलुकभर फैलने समय भने लम्बिएको जनाएको छ । एक सातामा मुलुकभर फैलने गरेकोमा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मनसुन सक्रिय हुन समय लागेको मौसमविद् बरुण पौडेलले बताउनु भयो ।

नेपालमा औसतमा जुन १० मा मनसुन भित्रिने गरेको छ । गएको वर्ष जुन १२ मा मात्रै मनसुन सुरु भएकोमा यो वर्ष ८ जुनमै मनसुन प्रवेश गरेको मौसमविद् पौडलले जानकारी दिनु भयो । आजदेखि सक्रिय हुने मनसुन कमजोर खालको हुने उहाँले बताउनु भएको छ ।