११ बैशाख २०८१, मंगलवार
Follow Us

मुग्लिन सडक बन्द र खुलाको जानकारी अब एसएमएसबाट

नेपालब्रिटेन संवाददाता
१३ असार २०७५, बुधबार ०५:०७

काठमाडौं । मुग्लिन सडक बन्द र खुला रहेको जानकारी अब एसएमएस मार्फत पाइने भएको छ । सडक अवरुद्ध हुँदा सर्वसाधारणले दुःख पाइरहेका बेला अब मुग्लिन सडकका सूचना एसएमएसबाटै पाउन सकिने भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले स्थानीय टिभी र रेडियोसँगको सहकार्यमा एसएमएस सेवा शुरु गरेको ट्राफिक प्रमुख बेदप्रसाद गौतमले बताउनु भयो ।

उहाँका अनुसार यहाँबाट मुग्लिन, नारायणगढ क्षेत्रका हरेक सूचना उपलब्ध हुने बताउनुभयो । यसअघि ट्राफिक प्रहरीले फेसबुकमार्फत सूचना प्रवाह गर्दै आएको थियो ।