७ बैशाख २०८१, शुक्रबार
Follow Us

एसइइमा ९ हजार विद्यार्थीको नतिजा उल्टियो

नेपालब्रिटेन संवाददाता
१३ असार २०७५, बुधबार ०५:०९

काठमाडौं । एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ ।

३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा नियन्त्रण कार्यालयले दाबी गरेको छ । पहिलो दिन नतिजा प्रकाशन गर्दा ३.६५ देखि ४.० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या १४ हजार ७ सय ७२ थियो । कार्यालयका अनुसार त्रुटि सच्याएपछि उक्त संख्या बढेर १८ हजार ४ सय ३५ पुगेको छ ।

त्यस्तै ३.२५ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार ९ सय ४१ छ । यसअघि ४७ हजार ८ सय ९६ जनाले मात्रै उक्त जीपीए प्राप्त गरेको तथ्यांक सार्वजनिक भएको थियो । २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या भने ५१ हजार ७ सय ९ बाट घटेर ५१ हजार १ सय ५ भएको कार्यालयका प्रवक्ता डिल्ली लुइँटेलले जानकारी दिए ।