७ बैशाख २०८१, शुक्रबार
Follow Us

अर्काको नाममा ट्रायल दिने पक्राउ

sarusaru
१३ असार २०७५, बुधबार ०७:०७

काठमाडौँ – नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालकको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने एक व्यक्ति पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्वयम्भू ट्रायल सेन्टरमा अर्घाखाँचीका २६ वर्षीय लेखबहादुर बिसीको नाममा मोटरसाइकलको ट्रायल दिँदै गर्दा रामेछापका २२ वर्षीय मदन रायलाई मंगलबार पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने विद्यार्थीलाई विशेष कडाइ गरिएको बताउनुभयो । उहाँले नियन्त्रणमा लिएका रायलाई महानगरीय प्रहरी वृत्त स्वयम्भूमार्फत मुद्दा दायर गरिएको जानकारी दिनुभयो ।
रासस